बिश्वकर्मा समाज कतारको दोस्रो अधिवेसन सम्पन्न

Bk samaj doha

दोहा (कतार) । विश्वकर्मा समाज कतारको दोस्रो ऐतिहासिक अधिबेसन शुक्रबार कतारमा सम्पन्न भएको छ ।

सो अधिवेसनले अमेरिकन रामदामको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा भीम विश्वकर्मा, द्धितिय उपाध्यक्षमा गीता विश्वकर्मा, त्रितिय उपाध्यक्षमा गमबहादुर सुनार, महासचिवमा कृष्ण विश्वकर्मालाई चयन गरेको छ ।

सो अधिवेसनले सचिवद्धयमा टेकसागर विश्वकर्मा र सुरज बि सिलाई चयन गरेको छ भने कोषाध्यक्षमा मानसिङ लोहनी, सह कोषाध्यक्षमा सेवक घतानी र सह–कोषाध्यक्षमा भगवान रामदामलाई चयन गरेको छ ।

सो महाधिवेसनले अजयसिंह विश्वकर्मा, इशा घतानी, लक्ष्मण विश्वकर्मा, देभबहादुर विश्वकर्मा, सन्तोष विश्वकर्मा, यामबहादुर विश्वकर्मा, दिपक विश्वकर्मा, बिक्की विश्वकर्मा, दिपक सुनार, बिएम रामदाम, देभ घिमिरे, निर्मला विश्वकर्मा, रामकृष्ण विश्वकर्मा, मोहन घतानी र अन्तु विश्वकर्मालाई सदस्यमा चयन गरेको छ ।

रोटना होटल सनैया स्टेट नम्बर २७ को सभाहलमा समाजका अध्यक्ष अमेरिकन रामदामको सभापतित्वमा भएको सो अधिवेसनको नेपाली राजादुताबास कतारका द्धितिय सचिव नरेन्द्रराज ज्ञवालीले उद्घाटन गरेका थिए । सो अधिवेसनमा कतारमा गठित बिभिन्न सामाजिक संस्था तथा बैचारिक सङ्घठनहरुका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । कार्यक्रमको समाजका महासचिव नवराज बिकले सन्चालन गरेका थिए भने अतिथिहरुलाई समाजका प्रथम उपाध्यक्ष चोलाकान्त विश्वकर्माले शस्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस