बिराटनगर पराजुली र कार्कीको पोल्टामा

Brt mayor

बिराटनगर । पूर्वको एक मात्र महानगरपालिका बिराटनगरको मेयरमा नेपाली कांग्रेसले सहज जित हात पारेको छ ।

बिराटनगरमहानगरपालिकामा नेपाली कांग्रेसका भीम पराजुलीले नेकपा एमालेका विनोद ढकाललाई ५ हजार ७ सय १० मतको फराकिलो अन्तर पारजित गरे । पराजुलीले २३ हजार ३१ मत ल्याउँदा ढकालले १७ हजार ५ सय २१ मत ल्याए ।

शनिबार मध्यरातमा सकिएको मत गणनामा संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो मत ल्याए । उनले १४ हजार ९ सय ५८ मत पाए ।

उपमेयरमा पनि नेपाली कांग्रेसले र्न बाजी मारेको छ । उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १ सय ८६ ल्याएर विजयी बन्दा माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५ सय ४४ मत पाएर निकटतम प्रतिद्धन्द्धीमा चित्त बुझाउनुप¥यो भने फोरम लोकतान्त्रिककी सूची चौधरीले ची चौधरीले १० हजार ५ सय ३६ मत पाइन् ।

बिराटनगर महानगरपालिकका ७ वडामा कांग्रेसका उम्मेद्वार निर्वाचित भए । संघीय समाजवादी फोरमले ६ वडा जित्दा एमालेले ३ वडामै चित्त बुझाएका छ । त्यसैगरी माओवादी केन्द्रले १ र स्वतन्त्र उम्मेदवारले १ वडाध्यक्ष जितेका छन् ।

बिराटनगरमा मेयर पदका लागि एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेका थिए ।

प्रतिकृया दिनुहोस