‘ट्रफी’ भन्दै ओलीले दिए मालासहित २ जनालाई ‘म्यान आफ द म्यान’

Oli dkt

धनकुटा । शनिवार धनकुटाको माहौल अलिक बेग्दै थियो । १४ असारमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा जितको रौनक नसकिँदै विजयीहरुलाई बधाई दिन पुगेका थिए एमाले अध्यक्ष केपी शर्मा ओली ।

जिल्लाको ७ वटै स्थानीय निकायमा एमालेले जित हात पारेपछि शुभकामना तथा बधाई दिन ओली धनकुटा पुगेका थिए । सयौं नेता कार्यकर्ताका बीच बोल्दै गर्दा निक्कै उत्साहित र हर्षित पनि देखिन्थे । त्यही बेला ओलीले दुई जनालाई म्यान अफ द म्याच घोषणा गरे ।

बोल्दै गर्दा ओलीले ‘कमाण्डर त यस्तो पो हुनुपर्छ’ भन्न भ्याए । त्यही बेला उनले जिल्ला अध्यक्ष राजेन्द्र राईलाई म्यान अफ द म्याच घोषणा गरे । माइक छाडेर मञ्चमा बसेका राईलाई यही ‘ट्रफी’ भन्दै माला लगाई दिए । मञ्चमा हासोको फोहोरा छुट्यो ।

सायद यो सुन्दा अचम्म लाग्न सक्छ । सबैले सुनेकै हो खेलमा मात्रै म्यान अफ द म्याच घोषणा गरिन्छ भन्ने । तर, धनकुटामा दुई जना राजनीतिकर्मीलाई पनि म्यान अफ द म्याच घोषणा गरिएको छ त्यो पनि आफ्नै पार्टी अध्यक्षद्धारा ।

नेकपा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई र पाख्रीवास नगर कमिटीका अध्यक्ष शान्तिराम गौतमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले म्यान अफ द म्याच घोषणा गरेका हुन् ।

पाख्रीवास नगरपालिकामा एमालेले मेयर, उपमेयर सहित १० वटै वडामा प्यानल जित हासिल गरेको थियो । त्यसैको खुसीयालीमा ओलीले राई र गौतमलाई सो घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस