डोल्पा कांग्रेसमा भुइँचालो

टिके सभापति खारेज नगरे समानान्तर समिति चलाइने

Dolpa congress

काठमाडौं । पुराना र अग्रज नेतालाई वेवास्था गर्दै आफु अनुकुल जिल्ला र गाउँ सभापति नियुक्त गरिएपछि डोल्पा कांग्रेसमा भुइँचालो नै गएको छ ।

नेपाली कांग्रेस डोल्पाका पूर्व पार्टी सभापति दिलबहादुर विष्ट र गाउँ कार्य समितिका सभापति मोतिप्रसाद उपाध्यायले पार्टीको विधि र विधान मिचेर जिल्लाको सभापति चयन गरिएकोमा आपत्ति जनाएका छन् । उनीहरुले तत्काल पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सो निर्णय नसच्याए समानान्तर समिति बनाउने चेतावनी दिएका छन् ।

विष्ट र उपाध्ययले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वले विधान विपरित अवैधानिक जिल्ला सभापति नियुक्त गरिएकाले तत्काल सो निर्णय खारेज गर्न पार्टी सभापति देउवासँग आग्रह गरे । यदी पार्टी सभापतिले आफ्नो निर्णय नसच्याए समानान्तर समिति गठन गर्नुको विकल्प नभएको प्रष्ट पारे ।

‘पार्टी विधान अनुरुप चल्नुप¥यो, अवैधानिक तरिकाले क्रियाशिल सदस्यताहरु वितरण गर्नुभएन, पार्टीको विधान अनुसार क्रियाशिल सदस्य वितरण गरी पूराना नेता तथा कार्यकर्ताहरुको मुल्यांकन गर्नुपर्छ’, पूर्व जिल्ला सभापति विष्टले भने, ‘तर अहिले पूराना तथा पार्टीमा लामो समयदेखि त्याग र बलिदान गरेका थुप्रै नेता साथीहरुमाथि अवमुल्यन भएको छ, यो हामीलाई कुनै पनि हालतमा सह्यै छैन ।’

उनले पार्टीभित्र देखिएको चरम गुटबन्दी तत्काल अन्त्य गर्नुपर्ने समेत माग गरे । विष्टले भने, ‘अहिले पार्टीभित्र चरम गुटबन्दी भएको छ, पार्टीभित्रका दुःख गरेका, क्षमता भएका नेता साथीहरुले स्थान पाएनन्, यो पार्टी नेतृत्वको गुटबन्दी र चरम लापारवाहीको कारण आज पार्टीले हार व्यहोरे, टिके प्रथाको अब अन्त्य हुनुपर्छ ।’

कार्यक्रममा डोल्पा जिल्ला गाउँ कार्य समितिका सभापति उपाध्यायले पनि अवैधानिक पार्टी सभापतिलाई तत्काल पदबाट हटाउन माग गरे । उनले भने, ‘जिल्लामा कुनै पनि योगदान नगरेको गैरकांग्रेसीलाई टिका लगाएर पार्टी सुम्पिने काम भएको छ, यस कार्यप्रति हामी पार्टी नेतृत्व अर्थात सभापति शेरबहादुर देउवामाथि घोर आपत्ति जनाउँछौं ।’

उनले भने, ‘यदि यही ढंगले जबरजस्ती अघि बढ्ने हो भने हामीजस्ता हजारौं ईमानदार नेता तथा कार्यकर्ताहरु बाध्य भएर समानान्तर कमिटी चलाउनेछौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...