बाग्मती सफाई महाअभियान २१७ औँ हप्तामा उपत्यकाबाट ३८ मेट्रिक टन फोहर व्यवस्थापन

Bagmati 3

काठमाडौँ, । बाग्मती सफाई महाअभियानको २१७ औँ हप्तामा शनिबार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार ३८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा सहरी विकास मन्त्री प्रभु साह पनि सहभागी भएका थिए ।

सफाइमा सहभागीहरुसँगै फोहर उठाउन सक्रिय भएका मन्त्री साहले सफाइ महाअभियानलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।

सफाइ अभियानलाई देशका अन्य नदीमा पनि विस्तार गर्नुपर्छ, वाग्मती नेपालको गौरव हो, यसलाई पुरानै स्वरुपमा फर्काउन ढलको उचित व्यवस्थापनका साथै जग्गा अतिक्रमण रोकिनु पर्ने उनले बताएका छन् ।

सो अवसरमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले वाग्मती सफाइ महाअभियानलाई १सय जोर गमबुट, १ हजार थान मास्क र १ हजार थान पञ्जा उपलब्ध गराएको वाग्मती अभियानकर्मी उमेश बोहराले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकका नायब प्रबन्धक सुशील श्रेष्ठले पनि ९० जोर गमबुट, ३५ जोर बाक्लो पञ्जा र २० वटा टोपी क्याप सहयोग उपलब्ध गराउए ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ र ललितपुर महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, मुक्तिनाथ विकास बैंक, पहिलो पाइला, न्यानो स्पर्श, एक्सिस स्कूल, जीवन विज्ञान, हलेशी डेकोर, युरेसिया रेयुकाइ, गायत्री परिवार, नेपाल विज्ञापन सङ्घ, सुपादेउराली युथ नेटवर्क, ब्लुक्रस अस्पताललगायत विभिन्न संस्थाको संस्थागत सहभागिता थियो ।

सफाइमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, प्रहरी उपरीक्षक गणेश ऐर, अभियन्ताहरु एलपी भानु शर्मा, डा लक्ष्मी पौड्याल, अर्जुन धरेल, सागर थापा, गोकुल थापा, किशोरसिंह शाही, नारायणकुमार श्रेष्ठ, गोविन्द राउत, चक्रबहादुर चन्द, गोविन्द काफ्ले, सिस्नोपानी नेपालका महासचिव टङ्कराज आचार्य, गायिका कोमल ओली, हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’, पूर्व सचिवद्वय किशोर थापा र डा कृष्णचन्द्र पौडेललगायत महाअभियानका ७ सय भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...