एनआरएन जापान कान्साईमा दवाडीको उम्मेद्वारी

Dawadi

काठमाडौं । विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैर आवसीय नेपाली संघ (एनआरएन) अन्तर्गत जापानमा बसने नेपालीहरु निक्कै सक्रिय बनिरहेका छन् । त्यसैक्रममा धमाधम क्षेत्रीय समितिहरुको अधिवेसन भइरहेका छन् ।

बहु प्रतिक्षित मानिएको एनआरएन कान्साइको निर्वाचन १० तारिखको जापान कान्साई क्षत्रमा हुँदैछ । जसका कारण कान्साई पुरै चुनावी सरगर्मीले तातेको छ ।

यस निर्वाचनमा एनआर.एन कान्साइको निर्वाचन समितिले प्रक्रिया पुगेकाहरुले जुलाई ३ तारिखभित्र उम्मेदवारी दिएका उम्मेद्वारहरुको संख्या देख्दा यसपाली कान्साइमा राम्रै प्रतिस्पर्धा हुने स्थिति देखिएको छ ।

कान्साइकमा हुने चुनावमा लामो समयदेखि जापानमा बस्दै आएका गोरखाका भुमिराज दवाडीले पनि भाग लिने भएका छन् । जुलाई १० तारिख हुन लागेको निर्वाचनमा दवाडीले २ वर्षको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । उने जापामा बस्ने नेपालीहरुको हक हित र जापानमा बस्ने नेपालीमार्फत नेपालको विकासमा टेवा पु¥याउन सक्छु भनेर अध्यक्षमा उम्मेद्वारी दिएको बताउँछन् ।

किन चाहियो दवाडी ?
उनी लामो समयदेखि जापानमा बस्दै आएका छन् । उनी कान्साईका सदस्य कोषाध्यक्ष र उपाध्यक्षसम्म भइसकेका छन् । उनले जापानको कान्साई क्षेत्रमा ११ वर्षदेखि प्रवासी नेपालीको रुपमा बसोबास गर्दै आएका छन् भने प्रवासी एनआरएन संस्थामा आफुले जानेबुझे र सुनेदेखि नै आवद्ध हुँदै आएका छन् ।

उनले जापानमा बस्दा के काम गरेका छैनन् र ? उनले नेपालबाट जापान पुगेपछि झाडु लगाउने काम गरे । त्यसका अलावा गेटपालेसमेत भए । उनले आफुलाई कहिले पनि कमजोर र निरीह ठान्दैनन् । उनी सधैं सानो वा ठूलो काम नभनी आफ्नो काममा लगनशील बन्ने गरेका छन् । त्यही भएर पनि जापानमा बस्ने नेपालीहरुले उनलाई रुचाएका छन् ।

जापानमा बस्ने नेपालीहरुले कुक भिषा कामको लागि गएर बेरोजगार हुनुपर्ने, रेस्टुरेन्टका काम गरे पनि तलब नपाइने, भिषा चेन्ज गर्ने बेला आईपर्ने समस्या, आत्महत्या लगाएतका समस्यालाई समाधान गर्न आफुले पहल गर्ने बताउँछन् । उनले अहिलेसम्म धेरै यस्ता काम गरेका छन्, जो अहिलेसम्म चर्चामा आएका नेपालीले गरेका छैनन् ।

उनले नेपालमा भुकम्प गएको समयमा विभिन्न ठाउँमा गएर भुकम्प पीडितहरुलाई उद्धार गर्नुका साथै व्यक्तिगत सहयोगसमेत गरेका थिए । नेपालमा मात्रै होइन, गत वर्ष जापानको कुमामोतोमा गएको भुकम्पमा २२ घन्टा लामो यात्रा गरेर त्यहाँ रहेक नेपाली र जापनीजहरुको उद्धारमा खटिएका थिए । उनले नेपालबाट जापान पुगेर अलपत्र परेका नेपालीहरुको लागि आफैंले सकेको सहयोग गर्दै आइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस