धान खेती सुरु रासायनिक मलको अभाव  

Mal

दाङ, । धान खेती सुरु भए लगतै जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«निङमा हाल एक बोरा समेत मल छैन ।

धानखेतीका लागि जिल्लामा ३ हजार टन डिएपी मल आवश्यक पर्छ । गोदाममा युरिया प्रशस्त भए पनि डिएपी मल मौज्दात नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले बताए ।

उनका अनुुसार हाल कम्पनीमा ५ सय टन युरिया मात्र रहेको छ । यस अघि १ हजार ६ सय टन डिएपी मल बिक्री गरिसकेको र हाल किसानलाई रित्तो हात फर्काउन परेको न्यौपानेले बताए ।

उनले भने । जिल्लाका घोराही, लमही, तुलसीपुरका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसलबाट मल किन्न बाध्य भएका किसान यमकला वलीले बताए ।

 

प्रतिकृया दिनुहोस