३३० स्थानीय तहकोमत परिणाम घोषणा ४ स्थानीय तहमा बाँकी

Localelection

काठमाडौँ, । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । भने ४ तहको मत परिणाम आउन बाकी रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले ४ जिल्लाका ४ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १ सय ४८, नेपाली काँग्रेस १ सय २१, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा विजयी भएका छन् । त्यस्तै ३ स्वतन्त्र उम्मेदवार पनि प्रमुख÷अध्यक्ष पदमा विजयी भएको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख÷अध्यक्षमा पदमा नेकपा एमालेले सबै भन्दा धेरै अर्थात ४४.८ प्रतिशतमा पदमा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेसले ३६.७ र माओवादी केन्द्रले ११.५ प्रतिशत पद जितेका छन् ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसीका अनुसार प्रदेश नम्बर– १ का १ सय ३४, प्रदेश नम्बर ५ का १ सय ९ र प्रदेश नम्बर ७ को ८७ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा नेकपा एमाले १ सय ७२, नेपाली काँग्रेस १ सय ३, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल ७, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा २, राप्रपाका दुईजना उम्मेदवार विजयी हुनुभएकोे आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

झापाको अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना भइरहेको छ ।

दोस्रोचरणको स्थानीय तहको ३ सय ३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५ सय २२ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस