फेरि जाग्न थाल्यो नवलपरासी

उठ्न थाल्यो छुट्टै जिल्ला घोषणाको माग

Nawalparasi aago

नवलपरासी । सरकारले स्थानीय तहको पुनर्संरचना गर्दा नवलपरासीलाई दुई वटा प्रदेशमा राख्ने निर्णय गरेपछि नवलपरासीका जनता आक्रोसित मात्रै भएका छैनन्, अहिले त छुट्टै जिल्ला बनाउनुपर्ने माग पनि राख्न थालेका छन् ।

नवलपरासीलाई राज्य पुनर्संरचना आयोगले नवलपरासीको दान्नेदेखि पारी ( परासी क्षेत्र) लाई प्रदेश न ४ र दाउन्नेदेखि वारी परासी क्षेत्रलाई प्रदेश नं. ५ मा विभाजन गरेको थियो । सोही अनुसार स्थानीय तहको निर्वाचन पनि दुई चरणमै भएको थियो ।

फरकफरक समयमा गरिएको स्थानीय निकायको निर्वाचन र प्रदेश पनि फरक परेकाले नवलपुरवासीले छुट्टै जिल्ला बनाइनुपर्ने माग गरेका हुन् । प्रदेश फरक परेपछि नवलपरासी जिल्लालाई दुई जिल्ला बनाउन जिल्लाका राजनीतिक दल, नागरिक समाज र सरोकारवालाले माग गर्न थालेका छन् ।

८ वटा स्थानीय निकाय रहेको नवलपरासीको नवलपुर क्षेत्रका नवलपुरलाई छिट्टै जिल्ला घोषणा गरेर नवलपुर जिल्ला समन्वय समिति बनाउन राजनीतिक दलका प्रतिनिधिहरुले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

नवलपुर र परासीलाई छुट्टाछुट्टै जिल्ला घोषणा गरेर दुई जिल्ला समन्वय समिति बनाउनुपर्ने नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले माग गरे ।

प्रतिकृया दिनुहोस