विराटनगरमा कांग्रेसका उम्मेद्वारको अग्रता कायमै

कांग्रेसलाई पछ्याउँदै एमाले–फोरम गठबन्धन

Vim biratnagar mayor

बिराटनगर । नेकपा एमालले मोरङको विराटनगरमा जित्ने दावी गरिरहेका बेला संघीय समाजवादी फोरमभन्दा पनि पछि परेको छ ।

पूर्वी नेपालको एक मात्र महानगरपालिकामा हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेस जितको नजिक पुगेको छ । बिराटनगरमा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीले १९ हजार १ सय ५१ मत पाएका छन् भने एमालेका उम्मेदवार विनोद ढकालले १३ हजार ८ सय ३५ मत पाएका छन् ।

मत गणना जारी रहँदा मतान्तर बढ्दै गएपछि एमालेले हार स्वीकार गरेको छ । यहाँ कांग्रेस र एमाल उम्मेद्वाबीच ५ हजार ३ सय २२ मतको अन्तर छ । एमाले र माओवादी केन्द्रसँग तालमेल गरेका संघीय समाजवादी फोरमबीच पनि खासै मतान्तर छैन । फोरमका उमेश यादवले १२ हजार ६ सय ७७ मत ल्याएका छन् । एमाले र फोरमबीच १ हजार १ सय ५८ मतको मात्रै अन्तर छ ।

उपमेयरमा भने कांग्रेसकी इन्दिरा कार्कीको जित सुनिश्चित भइसकेको छ । उनले १६ हजार ६ सय ७० मत पाउँदा दोस्रो स्थानमा रहेकी माोवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ मत मात्रै पाएकी छन् ।

प्रतिकृया दिनुहोस