अस्पतालमा डिजिटल एक्सरे मेसिन  

Jill hospital

महोत्तरी, । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब १३ लाखको लागतमा ३ सय एमए पावर भएको सिआर मेसिन जडित डिजिटल एक्सरे मेसिन ल्याएको छ ।

सो अस्पतालमा रहेको पुरानो एक्सरे मेसिन १ वर्ष अगाडिदेखि बिग्रिएर थन्किएको र सानो मेसिन पनि विगत केही दिनदेखि बिग्रिएर कामै नलाग्ने भएपछि अस्पतालको अथक प्रयासपछि सो मेसिन ल्याउन सफल भएको जनस्वास्थ्य प्रमुख नागेन्द्रप्रसाद यादवले बताए ।

अब केही दिनमै सो मेसिन अस्पतालमा सञ्चालनमा ल्याउने प्रमुख यादवले जानकारी दिए । जिल्लाको सबै भन्दा ठूलो अस्पतालको रुपमा परिचित रहेको जलेश्वर अस्पतालमा सीमावर्ती भारतीय क्षेत्रका दिनहुँ सयौँ बिरामी उपचारको लागि आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस