‘सीप व्यवहारमा उतार्न सके नेपाल इजरायल जस्तै बन्ने

झापा । राजदूत मायेरले सिकेको सीपलाई व्यवहारमा उतारेमा नेपाललाई इजरायलजस्तै कृषिमा आत्मनिर्भर बनाउन सकिने बताए ।

आफुले सिकेको सीप व्यवहारमा उतारे धेरै राम्रो अवसर रहेकाले सीपलाई व्यवहारीकतामा ल्याउन इजरायली राजदुतले आग्रह गरेका छन् ।

नेपालका लागि इजरायली राजदूत यारोन मायेरले कृषि अध्ययनका लागि इजरायल राम्रो अवसर भएकाले नेपाली युवालाई त्यसको भरपूर उपयोग गरी व्यवहारमा उतार्न समेत आग्रह गरेका छन् ।

भद्रपुर–८ सगरमाथा चोकमा रहेको सहकारी संस्थाबाट सञ्चालित तरकारी, फलफूल र मासुजन्य पदार्थका दुई भिन्दाभिन्दै पसल सञ्चालनमा ल्याएको छ । पसल १५ लाखको लागतमा सञ्चालनमा ल्याइएको हो ।

संस्थाका सदस्य रमेश भट्टराईले कृषि औजार, मल, बीउलगायत सामग्री सहकारीबाट उपलब्ध गराइने र किसानले उत्पादन गरेको वस्तु उचित मूल्यमा खरिद गरिने बताए ।

सो अवसरमा इजरायलमा रहेर १ वर्ष कृषि अध्ययन गरी फर्केका रमेश भट्टराई, वीरेन गुरागाईं, निर्मल दाहाल, इनसार मगर, मिलन राजवंशी, सञ्जय गिरी, कमला गिरी, गङ्गा खरेललगायत १३ जनालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस