मृतकको सम्झनामा वृक्षरोपण

Biruwa

काठमाडौं । भूकम्पमा परी मृत्यु हुनेहरुको सम्झनामा सहिद पार्कमा बाट विरुवा रोएिको छ । १२ बैशाख ०७२ मा आएको विनासकारी भूकम्पमा परी साविकको काठमाडौं महानगरपालिका वडा नं. २६ मा २० जनाको मृत्यु भएको थियो ।

भूकम्पमा परी मृत्यु भएकोहरुको सम्झानामा काठमाडौं महानगरपालिका –२९ स्थित सहिद पार्कमा ९१ वटा विरुवा रोपिएको छ ।

वडाअध्यक्ष ख्याम तिवारीले वृक्षरोपणको उद्घाटन गरेका थिए । सहिद पार्क हाल वडा नं. २९ मा पर्छ । महानगरको विपद् व्यवस्थापन विभागको आयोजना सम्पन्न वृक्षारोपणमा कपुर जामुन, समी, क्यालेन्ड्रा र गिनकोवाइलोवा जातका वोट रोपिएका थिए ।

वृक्षारोपण कार्यक्रममा पूर्ववडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य, वडाका जनप्रतिनिधिहरु र महानगरका कर्मचारीहरुको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस