निर्वाचन गर्न साँढे ५ अर्ब खर्च भयो : आयोग

सुरक्षा खर्च मात्रै पनि ८ अर्ब

Nirbachan ayog  vhbn

काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा साँढे ५ अर्ब भन्दा बढी खर्च भएको छ । यो खर्च सुरक्षा खर्च बाहेकको हो ।

२० वर्षपछि गरिएको निर्वाचनमा २० अर्ब लाग्ने अनुमान गरिउको थियो । सरकारले २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । स्थानीय तह निर्वाचनका लागि भने अहिलेसम्म १८ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

तेस्रो चरणका लागि निर्वाचन आयोगले ३ अर्ब रुयैया बाँकी राखेको छ । जुन खर्च आर्थिक वर्ष सकिन लागेकाले सरकारलाई फिर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन गर्न पाएको रकम निर्वाचन भएका ६ वटा प्रदेशमा खर्च गरेको थियो । निर्वाचन हुन बाँकी प्रदेश नम्बर २ को चुनावका लागि आगामी आर्थिक वर्षको बजेटबाट खर्च गरिनेछ ।

आयोगले ६ वटा प्रदेशमा मतदाता शिक्षा कार्यक्रममा लागि मात्रै पनि प्रति मतदाता ४ सय ८८ रुपैयाँ खर्च गरेको छ । तर, अधिकांस मतदाताले आयोगको शिक्षा बारे जानकारी नै पाएनन् । जसका कारण पनि धेरै मतदाता झुक्एिर म तगदर गर्न बाध्य भएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदातालाई निर्वाचन बारे जानकारी गराउँदा सरदर ४ सय ८८ रुपैयाँ खर्च भएको जानकारी दिए । उनले भने, ‘द्धन्द्धग्रस्त देशहरुमा निर्वाचन गर्दा प्रतियक्ति १० देखि ३० डलरसम्म खर्च भएका पाएका छौं, यो खर्च एकदमै कम हो ।’

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै चुनाव घोषणा भएलगत्तै स्थानीय तहको निर्वाचन गर्न विनियोजन गरेको १८ अर्ब रुपैयाँमध्ये १० अर्ब २९ करोड रुपैयाँ निर्वाचन आयोगलाई निकासा गरेको थियो । त्यसमध्ये करिब आठ अर्ब रुपैयाँ सुरक्षा निकायका लागि दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस