सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट दज्र्यानी चिन्ह प्रदान

Apf  chinha

काठमाडौं । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती भएकाहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

बिहीबार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती भएका राजेन्द्रकुमार अधिकारी, कुलबहादुर नेम्वाङ र विजयकुमार पण्डितलाई सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरे ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले दर्जा बढेसँगै पदीय जिम्मेवारी समेत थप हुने हुँदा यसको गहनतालाई मनन गरी सोही अनुरुपको कार्यक्षमता प्रदर्शन गर्नुपर्ने बताए । उनले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासलाई विशेष ध्यान दिँदै संगठन अघि बढिरहेको बताए । उनले बाढी पहिरो लगायत विपदको बेला पनि प्राप्त हुने हरेक जिम्मेवारीका लागि सधैं तम्तयार रहन निर्देशनसमेत दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठलगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस