झापाको दमक नगरपालिकामा केपी ओलीका भतिजा विजयी

Uml bijay

झापा, । झापाको दमक नगरपालिकामा एमाले विजयी भएको छ । दमकको एमाले उम्मेदवार रोमनाथ ओली १० हजार ८ सय ६ मतसहित विजयी भएका हुन् । ओली एमाले अध्यक्ष केपी ओलीका भतिजा हुन् ।

ओलीका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत ल्याए । तेस्रो भएका माओवादी केन्द्रका गगन पुरीले ६ हजार ८ सय ९८ तथा कांग्रेसका ढुण्डीराज पोखरेलले ५ हजार ५ सय ३९ मत ल्याए ।

एमाले अध्यक्ष ओलीले केही महिनाअघि अबको निर्वाचनमा एमालेपछि राप्रपा ठूलो शक्ति हुने दाबी गरेका थिए । सोही आधारमा धेरैले स्थानीय तहको निर्वाचनमा राप्रपा तेश्रो र माओवादी केन्द्र चौथो पार्टीमा खुम्चिने दाबी गरेका थिए ।

अन्यत्र उक्त दाबी फेल खाए पनि ओलीकै गृहजिल्ला रहेको झापाको दमकमा भने माओवादी राप्रपाभन्दा पछि भयो ।

उपमेयरमा एमालेकै गीता अधिकारी १२ हजार ६ सयष् २५ मतसहित विजयी भइन् । अधिकारीकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रेगिना भट्टराईले ८ हजार ९ सय १२ मत पाइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...