भरतपुर काण्ड : निको नहुने घाउँजस्तै

Adatal

काठमाडौं । भरतपुर महानगरपालिकाको पत्र च्यातिएको विषयमा सर्वाेच्च अदालतमा परेको मुद्दाको अझैं किनारा लाग्न सकेको छैन ।

सर्वाेच्च अदालतले पटकपटक सुनवाईको समय सार्दै गएपछि भरतपुरको मतगणना अझै अन्योलमा परेको छ । कतिपयले यसलाई कहिले निको नहुने घाउँ बन्दै गएको टिप्पणी गर्न थालेका छन् ।

मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ शुक्रबारका लागि तोकिएको भए पनि समय अपुग भएको भन्दै फेरि सारिएको छ । अब सोमबारका लागि सारिएको छ ।

सर्वोच्चका न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले शुक्रबार समय अभावका कारण बहस नसकिने भएका ले सोमबारलाई सार्ने निर्णय गरेको हो ।

जेठ १४ गते राति भरतपुर -१९ को मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिले केही मतपत्र च्यातेका थिए ।

भरतपुरमहानगरपालिका १९ को मत गणना हुँदै गर्दा उत्पन्न विवादले मतमत्र च्यातिएको थियो । लामो समयको छलफलपछि निर्वाचन आयोगले सो वडामा पुनः निर्वाचन गर्न निर्देशन दिएको थियो । त्यसको विरुद्धमा सो वडाका वडा सदस्यका उम्मेद्वा गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वाेच्चमा रीट दायर गरेका थिए । सो रीट उपर सर्वाेच्चले अहिलेसम्म फैसला गर्न सकेको छैन ।

यो घटनापछि माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नं. १९ मा पुनः मतदान हुनुपर्ने माग गर्दै आएका छन् भने एमालेले माओवादीले नियतवश मतपत्र च्यातेका त्यसलाई अस्वीकार गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...