बालविवाह न्यूनीकरणमा लाग्ने बालबालिकाको प्रतिबद्धता

Child marriage

जाजरकोट, । बालविवाह न्यूनीकरण गर्ने अभियानमा जुटेका जाजरकोटका बालबालिकाले बढ्दो क्रममा रहेको बालविवाह न्युनिकरण गर्न आफूहरु लागिपर्ने प्रतिबद्धता गरेका छन् ।

अशिक्षा बेरोजगारी आर्थिक अभावका कारण जिल्लामा ५० प्रतिशतभन्दा बढीको बालविवाह हुने गरेको तथ्याङ्क उल्लेख छ । यसरी कम उमेरमा विवाह नगर्ने र अरूलाई पनि गर्न नदिने कार्यमा सक्रियताकासाथ लागिपर्ने जुनीचाँदे गाउँपालिकाकी रमा पुनले बताइन् ।

बालबालिका र अभिभावक दुबैले बालविवाह विरुद्धको अभियानमा लाग्नुपर्दछ, । उनले भनिन् चेतनाको अभावले बालविवाह बढेको हुँदा यसका विरुद्ध समाजमा सचेतना अभियान नै सञ्चालनगर्नुपर्ने बताइन् ।

भेलाका सहभागीले बालबालिकासम्बन्धी कानुन, नीति र विकास योजना निर्माणमा सहभागी हुने, शिक्षा, स्वास्थ्य, सुरक्षालगायत आधारभूत सेवा प्रवाह प्रणालीलाई बालमैत्री बनाउँदै एक स्थानीय तहमा ३ वर्षभित्र कम्तीमा १ नमुना बालमैत्री विद्यालय घोषणा गर्ने, आगामी ५ वर्षभित्र जिल्लालाई बालमैत्री घोषणा गर्न रणनीतिक योजना परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यस्तै भेलाले स्थानीय विकास योजना तर्जुमा प्रक्रिया र अन्य सामाजिक क्रियाकलापमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र उपेक्षासहित बालविवाह न्यूनीकरणमा क्रियाशील रहँदै पाँच वर्षभित्र जाजरकोटलाई बालहिंसा र बाल श्रममुक्त बनाउने सातबुँदे प्रतिबद्धतापत्रसमेत जारी गरिएको छ ।

जिल्ला बालकल्याण समितिको आयोजनामा खलङ्गामा भएको सो २ दिने बाल भेलामा ३ नगरपालिका र ४ गाउँपालिकाका १ सय बालबालिका सहभागी थिए । भेलाले दीर्घबहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बालसञ्जालसमेत गठन गरेको छ ।

प्रतिकृया दिनुहोस