राष्ट्रिय एकताका लागि सबै जुटौं : पूर्वराजा ज्ञानेन्द्र

Gyanendra shaha

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राष्ट्रिय एकताका लागि सबै मिलेर जानुको विकल्प नभएको बताएका छन् ।

आफ्नो ७१ औं जन्म दिन मनाउन र शुभकामना दिन पुगेका विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञ, सञ्चारकर्मी र सर्वसाधारणसँगको भेटमा संक्षिप्त कुरा गर्दै पूर्वराजा शाहले राष्ट्रिय एकताका लागि आफु सधैं चिन्तनशील रहेको बताए ।

उनले आफ्नो जन्म दिनको अवसरमा राष्ट्रिय एकताका लागि लाग्न सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे । उनले भने, ‘पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेका बेलामा हामी भने कस्तुरी हराएको मृग झै शुन्यतामा हराइरहेका छौं । हामी कृयाशील ऊर्जा बोकेर बिउँतन अब ढिला गर्नु हुँदैन ।’

७१ औं जन्म दिनको अवसरमा निर्मल निवासमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र निक्कै खुसी देखिएको भए पनि कुराकानी गर्न खासै चासो देखाएका थिएनन् ।

हेर्नुस पूर्वराजाले दिएको आफ्नो अवधारणा

उनलाई शुभकामना दिन यो समाचार तयार पार्दासम्म पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पूर्व प्रधानसेनापति प्यारजंग थापा, विश्व हिन्दु महासंघका अध्यक्ष भरतकेसर सिंह, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङलगायत पुगेका छन् ।

विहान ११ बजेको साइतबाट शुभकामना दिने व्यवस्था मिलाइएका कारण विहानदेखि नै सर्वसाधारणको समेत लाइन छ । निर्मल निवासको उत्तरतर्फको जीवनकुञ्जदेखि निर्मल निवासको गेटसम्मै सर्वसाधारणको लाइन छ ।

तस्विर सौजन्य : गणेशकुमार शर्मा

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...