७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने

Hospital  23333

सोलुखुम्बु, । सोलुदूधकुण्ड नगरपालिकामा स्थानीय निर्वाचनको सफलता पछि नवनिर्वाचित नगरप्रमुख नाम्गेल जाङबु शेर्पा सहितको नवगठित नगर टोलीको पहिलो बैठकले नगरभित्र रहेका ७० वर्ष भन्दा माथिको वृद्धवृद्धालाई घरमा नै उपचार सेवा दिने निर्णय गरेको छ । उनीहरुले यसअघि उपचार खर्चबापत मासिक १ हजार प्राप्त गर्दै आएका थिए ।

वृद्धवृद्धा बिरामी भएको जानकारी आएपछि घरमै चिकित्सक लगेर उपचार गर्ने र रोग जष्टिल भएमा अस्पतालसमेत लगेर निःशुल्क उपचार दिइने जनाइएको छ ।

यो निर्णय कार्यान्वयनका लागि चाँडै कार्यविधि बनाइने नगरप्रमुख शेर्पाले बताए । सो नगरपालिकाको तथ्याङ्कअनुसार ७० वर्ष पार भएका वृद्धवृद्धाको सङ्ख्या ४ सय ६९ छ ।

योसँगै ६० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचार सेवा प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको शेर्पाले बताए । घरमै उपचारसेवा पाइने भएपछि नगरभित्रका वृद्धवृद्धाले खुशी व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...