किसानलाई ३५ हाते ट्रयाक्टर अनुदानमा

Mini tiler tractor

इलाम, । कृषि प्रणालीलाई आधुनिकता दिँदै कृषलाई सहुलियत गर्न दृष्टिले जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ हाते ट्रयाक्टर वितरण गरेको छ ।

खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टरको माग पनि उच्च रहेको कार्यालयले ट्याक्टर अनुदानमा वितरण गरेको वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताए ।

कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो । कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटासहित जम्मा ३५ ट्रयाक्टर उपलब्ध गराएको हो ।

यसैबीच विभिन्न संस्था र समूहका कृषकलाई ७५ प्रतिशत अनुदानमा ८ सय किलोग्राम धानको बीउ शत्प्रतिशत अनुदानमा ४ सय किलोग्राम उन्नत जातको धानको बीउ उपलब्ध गराएको कार्यालयका योजना अधिकृत तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले जानकारी दिए । इलाममा १५ हजार ९ सय १५ हेक्टरमा धान खेती हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...