साउन १ गते देखि पोखरा लेखनाथ नगरपालिकामा हर्न बजाउन निषेध गरिने

Harn

पोखरा, । ट्राफिक प्रहरीले काठमाडौँ पछि पोखरामा पनि हर्न बजाउन निषेध गर्ने भएको छ । जिल्ला ट्राफिक कार्यालयले पोखरा लेखनाथ नगरपालिका भित्र आगामी साउन १ गते देखि हर्न बजाउन निषेध गर्ने भएको छ ।

सो कार्यालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारीले आगामी साउन १ गतेदेखि जिल्लामा हर्न निषेध गर्ने बताएका छन् ।

बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि तथा सवारीसाधनको निरन्तर वृद्धिका कारण जिल्लाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न सडक प्रयोगकर्ताले अपनाउनुपर्ने सावधानी सम्बन्धमा सचेत गराई हुन सक्ने सम्भावित जोखिमहरु जस्तै मानिसको मृत्यु, अपाङ्ग, अङ्गभङ्ग तथा सम्पत्ति क्षति कम गर्न पनि कार्यालयले विभिन्न कार्यक्रम गर्ने वताइएको छ ।

सार्वजनिक गरिएको १ महिने कार्ययोजनामा नगर क्षेत्रका मुख्य ठाउँमा हर्न निषेध बोर्ड राख्ने, प्रेसर हर्न नियन्त्रण कार्यक्रम तथा हर्न बजाउन नपाइने सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छन् ।

प्रहरी निरीक्षक अधिकारीकाअनुसार, यस सम्बन्धमा चालकलाई प्रशिक्षण दिने, जेब्रा क्रसिङ सचेतना र चालक तथा पैदल यात्रीलाई पर्चा वितरण, दुर्घटनाग्रस्त क्षेत्रमा होर्डिङ बोर्डहरु राख्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...