उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी  

Uml win

उदयपुर । उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी भएको छ । गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको हो ।

जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा एमालेका प्रमुखका उम्मेदवार बलदेव चौधरी ११ हजार ३ सय ६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी भएका छन् । भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्त बस्नेतले ११ हजार २ सय ९५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा भने नेकाका उम्मेदवार देवी चौधरी ११ हजार ३ सय २२ मत प्राप्त गरेर विजयी भएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गीता रेग्मीले ११ हजार २ सय ७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताए ।

यस्तै, जिल्लाको बेलका नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन् । बेलकाको प्रमुखमा एमालेका दुर्गाकुमार थापा ५ हजार ८ सय १८ मत प्राप्त गरेर विजयी भएका छन् । भने उपप्रमुखमा एमालेकै राजकुमारी चौधरीले ६ हजार १ सय ३१ मत प्राप्त गरेर विजय भएको निर्वाचन अधिकृत हरि पोखरेलले बताए ।

प्रमुख पदमा थापाका प्रतिद्वन्द्वी नेकाका अशोक कार्की पाँच हजार २ सय ६६ मत प्राप्त गरेका छन् । भने उपप्रमुखमा पनि नेकाका दीपा राईले ५हजार २ सय ८६ मत प्राप्त गरेका छन् । उदयपुर जिल्लाको ८स्थानीय तहमा ४ नगरपालिका र४ गाउँपालिकामध्ये अब नेकपा एमालेले जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिका गरेर ६ स्थानीय तहको प्रमुख पदमा विजय हासिल गरेको छ ।

यस्तै, नेकाले जिल्लाको चौदण्डी नगरपालिकामा मात्र विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले जिल्लाको सुनकोसी गाउँपालिकामा विजय हासिल गरेको छ । अब उदयपुरको ८ स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना कार्यसमेत सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...