जग्गा हदबन्दीले प्रतिष्ठानको लाखौँ रकम फ्रिज  

Bir ko jagga

जुम्ला, । मालपोत कार्यालयले प्रतिष्ठानको नाममा ३ सय रोपनीभन्दा बढी जग्गा पास गर्न नपाइने नियम छ भनेर अड्को थापिदिँदा दस्तुरबापत प्राप्त भएको लाखौँ रकम फ्रिजट फ्रिज हुने पक्का भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान चन्दननाथ नगरपालिकामा रहेको चेरे चौरको ७ सय ३२ रोपनी, गुठीचौर गाउँपालिकामा रहेको धनराशि भन्ने स्थानको ५ सय रोपनी र नगरपालिकाको मालाभिड भन्ने ठाउँको ३ सय रोपनी जग्गा आफ्नो नाममा गर्न अनवरत रुपमा ७ महिनादेखि लागेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले प्राप्त गर्ने जग्गामा हदबन्दी लगाइएका कारण ९७ लाख बजेट फ्रिज हुने भएको छ  ।

यस बीचमा जिल्ला मालपोत कार्यालय जुम्लाले केही जग्गा प्रतिष्ठानको नाममा बिना दस्तुर पास गरेको थियो । तर पछि प्रतिष्ठानलाई संस्थाका रुपमा देखाएर राजश्व तिर्न भनेकाले काममा ढिलाइ भएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

प्रतिष्ठान नेपाल सरकारको होइन भनेर दस्तुर तिर्नुपर्ने गरिएछ र यसको सुझबुझका लागि भूमिसुधार विभागसम्म परिपत्र भएछ,” रजिस्ट्रार काफ्लेले भने । दुवै गाउँपालिकाका समुदायले जग्गा दिँदा पनि सरकारी संयन्त्रले त्यसमा बाधा ल्याएपछि शिक्षणका लागि प्रतिष्ठानका भौतिक संरचना निर्माण हुन नसकेको उनको दुखेसो थियो ।

भौतिक संरचना नबन्दा एचए, नर्सिङ लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न ठूलो सकस परेको उनको भनाइ छ । पछिल्लो समयमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नै प्रतिष्ठानको जग्गा पासका लागि भनेर ९७ लाख बजेट उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...