गत वर्ष चट्याङ लागेर भेडा मरेका किसानलाई क्षतिपूर्ति

Ararat sheep 14

म्याग्दी, । म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका–१ गुर्जामा गत वर्ष चट्याङ लागेर भेडा मरेपछि ठूलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ ।

गत वर्ष साउन ३१ गते गुर्जाको पुरानो बुकी लेकमा रहेको भेडीगोठमा चट्याङले ९५ वटा भेडा मरेका थिए । चट्याङ लागेर करिब ९ लाख बराबरको भेडा मरेपछि ठूलो क्षति व्यहोरेका किसानलाई राहतस्वरुप एकमुष्ट १ लाख ६५ हजार क्षतिपूर्ति रकम उपलब्ध गराएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिए ।

उनका अनुसार पशुपक्षी विकास मन्त्रालयले पठाएको ९० हजार क्षतिपूर्ति रकममा कार्यालयले ७५ हजार थप गरी किसानलाई उपलब्ध गराएको हो । सो रकम सामुदायिक खर्क विकास केन्द्रका अध्यक्ष तथा भेडापालक कृषक रामबहादुर छन्त्यालमार्फत किसानलाई उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ ।

सो क्षतिपूर्ति रकमलाई एउटा भेडाबाख्रा मरे बराबर १ हजार ७ सय ३७ का दरले किसानलाई राहतस्वरुप उपलब्ध गराउने अध्यक्ष छन्त्यालले बताए ।

गुर्जामा करिब २० जना किसानले व्यावसायिक रुपमा गर्दै आएको भेडापालनमा अहिले करिब तीन हजारको सङ्ख्यामा भेडा रहेका छन् । गुर्जामा घर–घरमा पालिने भेडालाई बर्खा याममा सामूहिक हिसाबले हिमाली क्षेत्रमा लगेर पालनपोषण गर्ने परम्परा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...