धनकुटामा एमालेले गाउँपालिकामा ग¥यो विजयी सुरुवात

Amele

धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ्ग शहिदभुमि गाउँपालिकामा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मनोज राईले ४ हजार ५४ मत ल्याई गाउँपालिका वडाअध्यक्षमा खाता खोलेका छन् ।

त्यस्तै उप अध्यक्षमा एमालेका उम्मेदवार रत्नेश्वर राईले ३ हजार ९ सय १६ मत प्राप्त गरेका छन् ।

उनीहरुको निकटम प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रका प्रमुखका उमेद्वार भरतसिंह राईले १ हजार ५ सय ७९ र केन्द्रकै रामकुमारी राईले १ हजार ५ सय ३४ मत ल्याएको छन् ।

यस गाउँपालिकाको ७ वडा मध्ये ६ वडा अध्यक्षतामा एमालले बिजय हाँशिल गरेको छ । १० हजार ९ सय २८ मत भएको यो गाउँपालिकामा खसेको ८ हजार ६२ मत मा १ सय ५५ मत बदर भएको निर्वाचन कार्यालय धनकुटाले बताएको छ ।

प्रतिकृया दिनुहोस