भारतीय मुद्रा सहित ५१ वर्षीय सेठ्ठी काठमाडौंको एयरपोर्टबाट पक्राउ

Dollar   copy

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक सुनील सेट्ठी पक्राउ परेका छन् । विमानस्थलको डिपार्चर चेकिङ एरियामा खानतलासी गर्दा २ हजार दरका २ सय थान भारतीय मुद्रा सहित ५१ वर्षीय सेठ्ठी पक्राउ परेका हुन् । उनी एअर इन्डियाको उडानबाट दिल्ली जान लागेका बेलामा पक्राउ परेका हुन् ।

अवैध रुपमा ल्याएको भारतीय रुपैयाँ सहित पक्राउ अबैधरुपमा ल्याएको भारतीय रुपैयाँसहित बा.१८ च ६३६९ नम्बरको कारका चालक ओखलढुङगा, सिद्धिचरण नगरपालिका–११ बस्ने ४३ वर्षीय खुलमान राईलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित बिजि मल अगाडिबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त कारमा अवैधरुपमा भारतीय रुपैयाँ ल्याएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले तलासी लिंदा कारको सिटमुनी लुकाई छिपाई राखेको १ हजार दरका ९ सय ९१ थान र ५ सय दरका २ सय २७ थान भारतीय रुपैयाँ बरामद गरी उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस