दार्चुला सदरमुकाम महाकाली नगरपालिकामा काँग्रेस विजयी

Kmg

दार्चुला । सदरमुकामको महाकाली नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा काँग्रेसका हंशराज भट्ट ४ हजार ४३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दीे नेकपा एमालेका नरसिंह चैसिरले तीन हजार ५ सय ८६ मत प्राप्त गरे । यस्तै नगर उपप्रमुखमा काँग्रेसकी सुना बोहराले चार हजार १ सय ३२ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीले ३ हजार ३ सय ४४ मत प्राप्त गरे ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगरपालिकाका ९ वडा मध्ये ८ वटामा काँग्रेस र एउटामा एमाले विजयी भएको छ ।

काँग्रेसबाट वडाध्यक्षमा क्रमशः महाकाली नगरपालिका– १ मा कल्यानसिंह कुँवर, २ मा गौरसिंह साहु, ३ मा पदमसिंह महर, ४ मा पुष्करराज जोशी, ५ मा तोरनप्रसाद अवस्थी, ६ मा चक्रसिंह बोहरा, ७ मा दिनेशराज जोशी र ८ मा चन्द्रसिंह विष्ट विजयी हुनुभएको छ । एमालेका हरसिंह डाँगा वडा नं– ९ को वडाध्यक्षमा विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...