पाल्पाको रिब्दीकोट ः २ र ३ मा एमाले १ मा काँग्रेस, विजयी  

Uml congress flag

पाल्पा, । रिब्दीकोट गाउँपालिका– १ मा नेपाली काँग्रेस समूह विजय भएका छन् । वडाध्यक्षमा काँग्रेसका विष्णुप्रसाद गैरेले ६ सय ४ मत प्राप्त गरी विजयीभएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५ सय ६३ मत प्राप्त गरेको हो । त्यस्तै दलित महिला सदस्यमा गीता कौशल, महिला सदस्यमा हुमा कुमाल र खुला सदस्यमा नारायण पराई तथा धनबहादुर सुनार निर्वाचत भएका छन् । उनीहरु सबैजना काँग्रेसकै हुन् ।

यसैगरी रिब्दीकोट गाउँपालिका–२ का वडा अध्यक्षमा एमालेका रामचन्द्र नेपालले ५ सय ७४ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अमरबहादुर सारुले ५ सय ४२ मत प्राप्त गरेको हो ।

त्यस्तै रिब्दीकोट गाउँपालिका– ३ को वडाध्यक्षमा एमालेका विष्णुप्रसाद खनालले ४ सय ३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नरेन्द्र आमात्यले ४ सय ८ मत प्राप्त गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...