भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्रेस विजयी

Kmg

भोजपुर, । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा माओवादी केन्द्र र भोजपुर नपा– २ मा नेकपा एमाले विजयी भएको छ ।

भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह विजयी भएको छ । राईले ४ सय १४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गर्नुभएको हो । भोजपुर नपा– ४ को वडाध्यक्षमा काँग्रेसका प्रेम भण्डारी ५ सय २८ ल्याई विजयी भएका छन् । । उक्त वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।

यस्तै भोजपुर नपा– ८ को वडाध्यक्षमा काँग्रेसका गोपाल कार्की १ सय ९३ मत ल्याई विजयी हुनुभयो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १ सय ५२ मत प्राप्त ग रे । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।

यसैगरी भोजपुर नपा– ७ को वडाध्यक्षमा काँग्रेसका जयबहादुर तामाङ ३ सय २६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सीताराम श्रेष्ठले २ सय ५७ मत प्राप्त गरे ।

त्यस्तै भोजपुर नपा– १ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी भए । सो वडामा माओवादी केन्द्रको पुरै समूह विजयी भयो ।

भोजपुर नपा– २ को वडाध्यक्षमा एमालेका कुमार राई ३ सय २६ मत ल्याई विजयी भए । उक्त वडामा एमालेको पुरै समूह विजयी भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...