बाजुराको छेडेदह गाउँपालिकामा काँग्रेस विजयी

Kmg

बाजुरा, । छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् पाँच वटा वडा अध्यक्षमा नेपाली काँग्रेसका समूह विजयी भएका छन् ।

सो गाउँपालिकाका अध्यक्षमा काँग्रेसका नरबहादुर रावतले ३ हजार ५ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर ओलीले ३ हजार १सय मत प्राप्त भएको छ ।

यसैगरी उपाध्यक्षमा काँग्रेसकै कुन्ती साउदले ३ हजार ६ सय ७१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा शाहीले ३ हजार १सय २५ मत प्राप्त गरेका छन् ।

छेडेदह गाउँपालिकामा काँग्रेसले पाँच वडामा विजय हासिल गरेको छ भने एमालेले २ वडामा विजयी भएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

बूढीनन्दा नगरपालिका–३ मा काँग्रेस विजयी त्यस्तै बूढीनन्दा नगरपालिका–३ मा नेपाली काँग्रेस समूह विजयी भएका छन् ।

वडाध्यक्षमा काँग्रेसका रामबहादुर बोहराले ५ सय ७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर रोकायाले ४ सय ५३ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा सदस्यमा काँग्रेसका कपुर विक, गगनबहादुर रोकाया, अम्बिका बोहरा र रिउली ल्वार विजयी भएको निर्वाचन अधिकृत नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस