सुनसरीमा मतगणना जारी, काँग्रेस अगाडि

Congress 2 (1)

इटहरी, । सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नजिताअनुसार १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ भने नेकपा एमालेले दोस्रो स्थान हासिल गरिरहेको छ ।

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेकाका प्रमुख पदका उम्मेदवार रोहितकुमार प्रसाईंले ७ सय ६९ मतसहित अग्रता हासिल गरिरहेका छन् । यसैगरी, उपप्रमुख उम्मेदवार विमला ढकालले पनि ७ सय ८९ मत ल्याएको छ ।

चुनावी प्रतिस्पर्धामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार द्वारिकलाल चौधरीले ६ सय ३६ मत प्राप्त गरेका छन भने उपप्रमुख लक्ष्मी गौतमले ५ सय ९८ मत ल्याउनुभएको निर्वाचन अधिकृत भरतमणि रिजालले जानकारी दिए ।

त्यसैगरी, धरान उपमहानगरपालिकामा पछिल्लो मतगणनाको नतिजाअनुसार नेकाका उम्मेदवार तिलक राईले ५ सय मत प्राप्त गरेका छन् । भने उपप्रमुखमा नेकाकै श्यामा रेग्मीले ४ सय ९५ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वीका रुपमा रहनुभएका नेकपा एमालेका तारा सुब्बाले २ सय ७२ मत तथा उपप्रमुख मञ्जु भण्डारीले ३ सय ३ मत प्राप्त गरेका छन् ।

इनरुवा नगरपालिकामा नेकाका राजन मेहताले ७ सय ६८ र उपप्रमुखले ७ सय १९ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुखले ४ सय ३२ र उपप्रमुखले ३ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, बराह नगरपालिकामा नेकाका बाबुराम बिष्टले एक हजार ६८, उपप्रमुख पूजा धामीले पनि एक हजार ७७ मत ल्याई अग्रता लिएको छ । बराह नगरपालिकामा नेकपा एमालेका निलम खनालले ८ सय ८८ र उपप्रमुखले ८ सय ७३ मत प्राप्त गरी पच्छ्याई रहेको छ ।

भोक्राहा गाउँपालिकामा नेकपा एमालेका अध्यक्षले ५ सय ९८ र उपाध्यक्षले ५ सय ७८ मत ल्याई अग्रता कायम गरेका छन् । भने संघीय समाजवादी फोरमा नेपालका अध्यक्ष उम्मेदबारले ४ सय ७० र उपाध्यक्षले ३ सय ८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, देवानगन्ज गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षले ४ सय १५, उपाध्यक्षले ४ सय १९ तथा नेकाका अध्यक्षले ४ सय ६ र उपाध्यक्षले ३ सय ३६ मत प्राप्त गरेका छन् भने यहाँ नेकपा एमाले अहिले तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...