सोलुखुम्बुमा काँग्रेसको विजयी सुरुवात,

Kmg

सोलुखुम्बु, १५ असार । सोलुखुम्बु जिल्लामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । दुई वटा गाउँपालिकाको ४ वडामा नेपाली काँग्रेसको प्यानलले नै जितेको छ ।

निर्वाचन अधिकृतका अनुसार, लिखुपिके गाउँपालिकाको १ र ५, सोताङ गाउँपालिकाको १ र महाकुलुङ गाउँपालिकाको वडा नम्बर ५ मा काँग्रेसको प्यानलले जितेको हो ।

लिखुपिके गाउँपालिकाको वडा नम्बर १ मा काँग्रेसबाट ङवाङलाक्पा शेर्पा १ सय १९ मत सहित प्यानल नै विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका कामी शेर्पा ४७ मत ल्याए । माओवादी केन्द्रका मिङमार तेण्डी शेर्पाले ९९ मत मात्रै ल्याएका छन् ।

त्यस्तै, वडा नम्बर ५ मा १ सय ९९ मत ल्याएर काँग्रेसका ङिमाछिरी लामा अध्यक्षमा विजयी भएका छन् । लामाका प्रतिद्वन्द्वी डसर्कि शेर्पाले १ सय ३६ मत ल्याए भने माओवादी केन्द्रका तर्फबाट आङबाबु लामाले १ सय ८३ मत ल्याएका छन्।

सोलुखुम्बुको सोताङ गाउँपालिकामा पनि काँग्रेसको अग्रता छ । वडा नम्बर १ मा काँग्रेसका जंगबहादुर गुरुङ ३ सय ७२ मत ल्याएर प्यानलै सहित विजयी भए ।

महाकुलुङ गाउँपालिकाको वडा नम्बर ५ मा पनि काँग्रेसको प्यानल नै विजयी भएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

एक नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्लामा लिखुपिके, सोताङ, महाकुलुङ र नेचासल्यान गाउँपालिकामा मतगणना सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...