बैतडीको पञ्चेश्वर बाट राप्रपाले खाता खोल्यो  

Raprapa

 

बैतडी, । पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी गरी विजयी सुरुवाती गरेको छ ।

पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २ सय ५६ मतसहित विजयी भएको हुन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्र भण्डारीले १ सय ८४ मत प्राप्त गगरेका छन् ।

महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार २ सय मत गनिसक्दा नगरप्रमुखमा राप्रपाका पुष्करराज जोशी ‘लख्खाभाइ’ले ८८, नेपाली काँग्रेसका नरेन्द्रसिंह थापाले ५१, नेकपा एमालेका देवदत्त भट्टले ३३ र नेकपा माओवादी केन्द्रका खिमानन्द भट्टले १० मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ६४, काँग्रेसकी मीना चन्दले ५८, एमालेकी सरस्वती नेपालीले २४ र माओवादी केन्द्रकी कमला कार्कीले १२ मत प्राप्त गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...