डोल्पाबासी वर्षा सुरु भए सँगै दूषित पानी पिउन बाध्य  

Dusit pani

डोल्पा । वर्षायाम सुरु भएसँगै निरन्तर रातको समयमा भइरहेको वर्षात्ले गर्दा खानेपानीको मुहानमा माटो, बालुवा, काठका टुक्राजस्ता फोहर बगाएर ल्याउने गरकाले खानेपानी दूषित भएको हो । वर्षायामको सुरुसँगै पानीका मुहान बढेपछि डोल्पाली दूषित पानी पिउन बाध्य भएका छन् ।

स्वच्छ खानेपानीे नहुँदा त्यही दूषित पानी पिउनुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिकाका दुर्गाप्रसाद देवकोटाले बताए ।

जिल्लाका त्रिपुराकोट, गल्ली, रल्ली, खदाङलगायतका दर्जनौँ बस्तीमा स्वच्छ खानेपानीको अभावमा अहिले पनि सिधै खोलाको पानी भरेर पिउनुपर्ने बाध्यता रहेको छ ।

जिल्लाका अधिकांश गाउँ बस्तीका धारामा पानी ल्याउन मुहानको रुपमा सिधै खोला प्रयोग गरिएकाले पनि वर्षात्मा डोल्पालीले दूषित पानी पिउनुपर्ने बाध्यता भएको त्रिपुरा सुन्दरी नगरपालिका–१ का दिलीप गिरीले बताए ।

 

प्रतिकृया दिनुहोस