संखुवासभा खाँदबारी नपा १० को अध्यक्षमा कांग्रेस विजयी

Congress 2 (1)

संखुवासभा । जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिकामा मत परिणाम आउन थालेको छ ।नगरपालिकाको वडा नं.१० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी भएका छन् ।

विजयी उमेदवार थापाले ५ सय ७५ मत ल्यएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५ सय २५ मतल्याएका थिए । त्यसैगरी माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत पाएका थिए ।

वडाध्यक्ष बाहेक महिला सदस्य, दलित सदस्य र खुल्ला २ सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा चन्द्रकला तामाङ ५ सय ७३, दलित महिला सदस्य सीता विश्वकर्मा ५ सय ७३ खुल्ला सदस्य बलराम राई ५ सय ६६ र लीलाबहादुर गुरुङ ५ सय ५२ मत ल्याएर विजयी भएका छन् ।

खाँदबारी नगरपालिका वडा नंं १० चन्दनपुर मतदान केन्द्रमा जम्मा १हजार ९ सय ५० मतदाता रहेकोमा जम्मा १हजार ३ सय २३ मत खसेको थियो । जिल्लामा ५ नगरपालिका र ५ गाउँपालिका छन् । वडा नम्बर १० को मतगणना सकिँदा मेयर र उपमेय दुवैमा नेकपा एमालेले अग्रता लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...