कैलालीका २ स्थानीय तहबाहेक कन्चनपुर र डडेल्धुरामा मतगणना सुरु  

Dsc

धनगढी, । कैलाली जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहको निर्वाचनको मतगणना सुरु गरिएको छ ।

जिल्लाको पहाडी क्षेत्रको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेक छ तहमा गए रातिदेखि र पाँच तहमा आज बिहानदेखि मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताए ।

भौगोलिक विकटताका कारण मतपेटिका मतगणनास्थलसम्म पुर्याउन समय लाग्ने भएकोले चुरे गापा र मोहन्याल गापाको मतगणना आज रातिदेखि मात्रै सुरु हुनसक्ने अर्यालले बताए ।

जिल्लामा १३ स्थानीय तह रहेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरम का लौटन चौधरीले १सय ८०, नेकाका जङ्गबहादुर साउदले १ सय ८ र नेकपा एमालेका तपेन्द्र रावलले १ सय १, नेकपा माओवादी केन्द्र मनप्रसाद रेग्मीले बताए ।

यसैगरी, उपप्रमुखमा लोकतान्त्रिक फोरमकी सुदेश्नी चौधरी १ सय ७४, नेकाका केशरी रावलले १सय ६, एमालेकी कमला केसी ८९ र माओवादी केन्द्रकी आशा चौधरीले ७१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराए । वडा नं ३, ५ र ६ को मतगणना भइरहेकोमा अहिलेसम्म ५ सय मत गणना भएको छ ।

टीकापुरमा कुल ३९ हजार १९२ मतदातामा २७ हजार २ सय ३८ मत खसेको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराए ।
यस्तै, भजनी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका केवल चौधरीले २३९, नेकपा माओवादी केन्द्र०का शेरबहादुर चौधरीले १ सय ६१, नेकाका वीरबहादुर हमालले ६६ मत पाउनुभएको छ । निकै चासोका रुपमा हेरिएको धनगढी उपमहानगरको मतगणना पनि सुरु भएको छ ।

भीमदत्तनगर । कञ्चनपुरका तीनवटा तहमा मतगणना सुरु भएको छ । बुधबार भएको स्थानीय तहको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने भनिएपनि आज बिहानदेखि मतगणना थालिएको छ । ९ तहमध्ये यहाँको महाकाली नगरपालिका, वेदकोट नगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एकाबिहानै मतगणना थालिएको महाकाली नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । महाकालीमा २ सय ५० मतगणना हुँदा नेकाले १ सय ८, नेकपा एमालेले ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २४ मत प्राप्त गरेको छ ।

त्यसैगरी, पुनर्वास नगरपालिकामा केही मतले नेकपा एमालेले अग्रता लिएको छ । ३ सय मतगणना हुँदा एमालेले ८७, नेकाले ८० र माओवादी केन्द्रले ६३ मत प्राप्त गरेको छ ।

त्यसैगरी, यहाँको वेदकोट नगरपालिकामा पनि केही बेरअघिदेखि मतगणना सुरु भएको छ भने भीमदत्तनगरपालिकासहित अन्य सबै तहको मतणगना केहीबेरमै सुरु हुने निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डडेल्धुरा ः यहाँको अजयमेरु गाउँपालिकामा ६ सय मत गणना भएको छ । मतगणनाको परिणामअनुसार नेकपा माओवादी केन्द्रका उमेश भट्ट विकासले १ सय ८८ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका धनबहादुर साउद १सय ३८ र स्वतन्त्रबाट उमेदवारी दिएका लोकराज भट्टको १सय ९ मत रहेको छ भने नेकाले ९३ मत ल्याएको जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस