धनकुटामा मतगणना केही बेरका सुरु हुने

Dhankuta

धनकुटा, । स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मत गणना कार्य केही समयमा सुरु हुने भएको छ ।

जसअनुसार जिल्लाको ७ स्थानीय तह मध्ये खाल्सा छिन्ताङ्ग शहिद भूमि गाउँपालिकाको मत गणना कार्य अहिले केहीवेर मै आरम्भ हुने र अन्य स्थानको भने विहान १० वजे पछि थालिने जिल्ला निर्वाचन कार्यलय धनकुटाका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।

हिजो भएको स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा धनकुटा नगरपालिकामा ७५.४३ प्रतिशत,पाख्रीवास नगरपालिकामा ६९ .०९ प्रतिशत, महालक्ष्मी नगरपालिकामा ७०.७० प्रतिशत,खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिकामा ७३.४४ प्रतिशत,सागुरीगढी गाउँपालिकामा ७३.१९ प्रतिशत,चौविसे गाउँपालिकामा ७२.४६ प्रतिशत र छथरजोरपाटी गाउँपालिकामा ७१.४५ प्रतिशत मत खसेको पनि उनले वताए ।

समग्रमा जिल्लामा ७२.३४ प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यलय धनकुटाले जनाएको छ ।

जिल्लाका सात स्थानीय तहमा १ सय १७ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र तोकिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...