सप्तरीका राजविराजमा बम विस्फोट गराउने २ व्यक्ति प्रक्रउ

Sptri bm

सप्तरी । नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने २ अभियुक्त पक्राउ परेकाछन् ।

घटनामा संलग्न रहेका अभियुक्त १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिमा १ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि जेल चलान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

राजविराज छिन्नमस्ता सडकखण्डमा चेकजाँचका क्रममा अन टेस्ट मोटरसाइकल चढेर जाँदै गरेका शर्मालाई प्रहरीको विशेष टोलीले जेठ १३ गते हतियार र जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चासहित पक्राउ गरेको थियो ।

यस्तै नसिरलाई मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र सोमा प्रयोग हुने दुई राउन्ड गोली तथा ५ सय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको थियो । राजविराज नगरपालिका ८ स्थित नापी कार्यालयमा गत वैशाख २९ गते उनीहरुले प्रेसरकुकर बम विस्फोट गराएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...