उत्साहजनक मतदान जारी

Utasha jnk matdn

काठमाडौँ, । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का मा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

पैँतीस जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवम् उत्साहजनक रुपमा मतदान जारी रहेको र प्रारम्भिक विवरणमा ८ हजार ३ सय ६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा वर्षात्को कारणले मतदान सुरु हुन ढिलाइ भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माबाट जारी विज्ञप्तिमा पूर्वी पहाडका केही स्थानमा वर्षात् भए पनि मतदाता उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पङ्क्तिबद्ध छन् ।

स्थानीय तहहरुका मतदान केन्द्रको व्यवस्थापन गरी स्थानीयस्तरमा नै त्रिपाललगायत सामग्री र मतदान केन्द्रलाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय नागरिक समाजलगायतबाट प्राप्त सहयोगप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...