साझा यातायातलाई पाँच करोड, साझाका थप १३ बस गुड्ने  

Shajha yatayat

काठमाडौँ, । स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौता अनुरुप काठमाडौँ महानगरपालिकाले ५ करोड उपलब्ध गराएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साझाका अध्यक्ष कनकमणि दीक्षितलाई ५ करोडको चेक हस्तान्तरण गरेका छन् ।

सो रकमबाट साझाले १२ बटा डिलक्स र एउटा सामान्यखालको बस सञ्चालनमा ल्याउने भएको छ । कामनपाको सहयोगमा थप बससहित जम्मा ४३ वटा बस गुड्नेछन् ।

महानगर प्रमुख शाक्यले सार्वजनिक यातायातका क्षेत्रमा थप फड्को मार्न र उपत्यकामा गुड्ने साना गाडीलाई विस्थापित गर्न सहयोग गरेको बताए ।

महानगरलाई समृद्ध र जीवन्त सहर निर्माणका लागि आफ्नोतर्फबाट कुनै पनि कसर बाँकी नराख्ने पनि जानकारी दिए ।

अब सञ्चालन हुने बसले ज्येष्ठ नागरिक, गरिब परिचयपत्र बोकेका नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकालले समेत निःशुल्क सेवा पाउने छन् ।

मंगलबार हस्तान्तरण गरिएको रकमसहित कामनपाले साझालाई रु १५ करोड उपलब्ध गराइकेको छ । साझाले ३ सय ६५ दिन नै नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस