पूर्वमा शृङखला बद्ध बम बिस्फेट

जिम्मेवारी निकाय नै भएनन्

Nepal school explosions 01

धरान । स्थानिय तहको निर्वाचनलाई विथोल्न नेत्र बिक्रम चन्द नेकपा माओवादीले पूर्वका बिभिन्न स्थानहरुमा शृङखला बद्ध बम विस्फोट गराउन थालेको छ । यसरी निरन्तर बम विस्फोट गराउने प्रयास भइरहँदा पनि जिम्मेवार निकाय भने मौन रहेका छन् ।

बिप्लब नेतृत्वले गराएको बम बिस्फोटबाट मानविय क्षति भने भएको छैन् । माओवादीले निर्वाचनको पूर्व सैन्या स्थित धरान १५ लाङघाली चोकमा राखेको बम नेपाली सेनाको टोलीले बिस्फोट गराएको छ ।

सोमबार साँझ मोरङको लक्ष्मी चोक छेउको खोलामा रहेको पुलमा माओवादीले बम बिस्फोट गराएको थियो । उता शनिबार राती ९ ः ३० बजे धनकुटा ६ स्थित सल्लेरीमा आँखा अस्पताल नजिकै शक्तिशाली सिलिन्डर बम बिस्फोट गराइएको थियो ।

सो आँखा अस्पताल नजिकै रहेको सामुदायिक भवनमा धनकुटा नगरपालिका ६को मतदान केन्द्र तोकिएको छ । त्यस अघि माओवादीले विभिन्न निर्वाचन मनोनयन दर्ताको दिन मात्रै २ वटा बम पूर्वका विभिन्न जिल्लाहरुमा बिस्फोट गराइरहको छ भने उम्मेदवारहरुको घरमा समेत बम राख्ने क्रमजारी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...