सुख्खा डाँडामा जमिनको पानी निकालीएपछि ५ सय २० घर लाभान्वित

Pani  dpa

धादिङ । सुख्खा डाँँडामा बोरिङ गरेर पानी निकालिएपछि ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा गाउँबासीमा खुसियाली छाएको छ । रानीपोखरी, धुसेनीलगायत स्थानमा ५ सय २० घरले सो पानी उपभोग बाट लाभान्वित भएका छन् ।

पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको खरी गाविसका पूर्वाध्यक्ष रामहरि पोखरेलले बताए । लामो समयदेखि खरीमा पानीको समस्या आएपछि जमिनमुनिबाट डिप बोरिङ गरी पानी निकालिएको थियो ।

“गाउँलेले पानी आउँछ भन्ने नै विश्वास गरेनन् । यन्त्र ल्याएर पानी निकालेपछि गाउँबासी हर्षित भएकाले अब जिल्ला समन्वय समिति र डिसिए नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा खानेपानी योजना निर्माण गरिने छ”,। डिटिएच रक डिलिङ कम्पनी र पूर्व गाविस अध्यक्ष पोखरेलले गाउँमा पानीको समस्या आएपछि ४ लाख खर्च गरेर यन्त्र ल्याई पानी निकालिएको हो ।

सुख्खा डाँडामा यन्त्रले डिप बोरिङका लागि खनेपछि १ सय २० मि तल पानी भेटिएको थियो । पानी दीर्घकालीन रुपमा निकालेर गाउँवासीले प्रयोग गर्न सकून् भनेर २ सय ५ मि तलबाट पानी निकालिएको छ । यसो गर्दा पानीको गुणस्तर राम्रो हुने र दीर्घकालीन रुपमा पानी पुग्ने कम्पनीले जिकिर गरेको छ ।

हाल साढे ३ इन्च मोटो पाइपमा पानी निस्किएको छ । यसरी हेर्दा प्रतिघन्टा ३० हजार लि सफा पानी खानयोग्य हुने गरी बाहिर निकालिएकाले गाउँमा पानीको समस्या हल हुने पोखरेलको भनाइ छ ।
भूकम्पपछि गाउँमा पानीको हाहाकार भइरहेकाले धुसेनी कामीडाँडामा २ सय ५०, अम्बोटे पोखरीमा २सय, भत्केको पौवामा २ सय र अन्नपूर्ण घलेडाँडामा ३ सय घरका लागि यसरी नै डिप बोरिङ गरेर पानी निकाली गाउँमा वितरण गर्ने योजना छ । एक हप्ताको अनुभव हेरी कम्पनी र पूर्वगाविस अध्यक्ष पोखरेलले पानी ननिस्केमा व्यक्तिगत खर्च गर्ने र पानी निस्किएमा योजना सञ्चालन गर्ने गरी काम सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...