अरु कागजात देखाएर पनि भोट हाल्न सकिनेछ ः निर्वाचनआयोग

Nirbachan ayog

काठमाडौँ, । निर्वाचन आयोगले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ ।

त्यसका लागि स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्ने छ ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारण मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हराएमा, नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको मतदान गर्न पाउने अधिकारको सुनिश्चिता प्रदान गर्ने निर्णय गरेको हो । आयोगले यस सम्बन्धमा आवश्यक जानकारी लिन टोल फ्री नम्बर १६६००१४४२२२ को व्यवस्था मिलाएको जनाएको छ । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार निर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...