अपाङ्ग मैत्री र महिलाले मात्र सञ्चालन गरेको मतदान केन्द्र विशेष रुपमा राखिएको

Baitadi

बैतडी, । अपाङ्मैत्री र पाटनमा महिलाले मात्रै सञ्चालन गरेको मतदान केन्द्रलाई यतिबेला विषेश मतदान केन्द्रका रुपमा राखिएको छ । 

दशरथचन्द नगरपालिका– १ को गुरुखोला ‘ख’ केन्द्रमा मतदान अधिकृत जीतबहादुर रोकायासहित छजना अपाङ्गता भएका कर्मचारी मात्रै खटाइएको छ । सबैजना शारीरिक अपाङ्गता भएका कर्मचारीलाई समेटेर एउटा छुट्टै मतदान केन्द्र स्थापना गरिएको नगरपालिकामाअधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए ।

त्यस्तै पाटन नगरपालिका– ६ स्थित पन्त्यौडा माविमा रहेको मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता बुढाऐर मतदान अधिकृत रहेको उक्त मतदान केन्द्रमा सहायक मतदान अधिकृत सडक डिभिजन कार्यालयकी कम्प्युटर अपरेटर निर्मला खनाल रहेकी छन् ।

पाँच सय ५६ मतदाता रहेको सो मतदान केन्द्रमा पाँचजना महिला कर्मचारीले मात्रै निर्वाचन प्रक्रिया सम्पन्न गर्ने भएका छन् ।

चार नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा १ सय ७४ मतदान केन्द्र तथा १ लाख २४ हजार ८ सय २४ मतदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस