आफैँले खनेको खाल्डोमा आफै पस्दा ज्यान गयो

Bp hdg

कैलाली । सिकर मार्न आफैले खनेको खाल्डौमा पस्दा आफ्नै ज्यान गयो भने जस्तै । धनगढी एक व्यक्ति लाई त्यतै अवस्था आएको छ ।

आफैले बोकेको बम विस्फोट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य २८ बर्षका चन्द्र बहादुर सिंह सुतली बम विस्फोट भएर मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ खानेपानीटोलमा सोमबार राति ९ ः ४५ को समयमा उक्त घटना भएको हो ।


विस्फोटपश्चात घाइते सिंहलाई उपचारको लागि स्थानीयले सेती अञ्चल अस्पताल लगेका थिए । उनको टाउको पछाडीको भाग लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, विषयमा विप्लव नेतृत्वको नेकपाले आफै बोकेको बम विस्फोटमा कार्यकर्ता मारिएको भन्ने विषयलाई विज्ञप्ती निकालेर खण्डन गरिएको छ ।

मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै शंकास्द बस्तु पन्छाउन खोज्दा बम विस्फोट भएर मृत्यु भएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...