मतदातालाई मत बदरको चिन्ता

Matadata janakpur

 

बैतडी, । बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम जिल्लामा प्रभावकारी रुपमा हुन नसकेको गुनासो आएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अत्याधिक मतपत्र बदर भएपछि दोस्रो चरणको चुनावका लागि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन निर्वाचन आयोगले निर्देशन दिएको थियो । तर पनि कतिपय ठाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएको पाइएको छ ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भनिए पनि आपm्नो घरदैलोमा सो कार्यक्रमका लागि स्वयंसेवक नपुगेका स्थानीयवासीले गुनासो गरेका छन् । चुनावी रौनक छाए पनि मतदान गर्नेबारे अहिलेसम्म कसैले नसिकाएको दोगडाकेदार गाउँपालिका– ५ न्वालीका दुर्गा भुलले बताए ।

चुनावमा मतपत्र ठूलो हुन्छ भन्ने सुनेकी छु, मतपत्र नदेखेकाले मत बदर हुने हो कि भन्ने चिन्ता छ, । यहाँका मतदाताले मतदान कसरी गर्ने भन्ने विषयमा अनभिज्ञ रहेको बताएका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिका–६ पञ्ज्यूनयाँका जैता कार्की आफ्नो गाउँमा मतदान गर्ने तरिका बारेमा कसैले पनि नसिकाएको बताए । एउटै मतपत्रमा सातजना उम्मेदवारलाई भोट दिनेबारे उनले निकै अन्योलमा छन् ।

जिल्लामा १ सय ७४ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको भए पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको विभिन्न ठाउँका मतदाताले गुनासो गरेका छन् । तर जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँल जिल्लाका सबै स्थानीय तहमा मतदाता शिक्षा स्वयंसेवक पठाएको र मतदान गर्ने तरिकाबारे सिकाएकोे बताए ।

मतदाता शिक्षा नपुगेका मतदाताका लागि आइतबारदेखि मङ्गलबारसम्म मतदाता परिचयपत्र वितरण भइरहेको सम्बन्धित मतदानकेन्द्रमा पनि मतदान गर्नेबारे सिकाउने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...