चौध वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको आरोपमा रामेछाप सैपुका श्याम राउत ५ वर्षपछि पक्राउ

Pakrau 1

काठमाडौँ । चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेर पक्राउ परेका र पुनः छुटेर फरार अभियुक्तलाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ ।

रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तली तामाङको रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको हो ।

तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ सालमा हराएकी सन्तली तामाङको शव हत्या गरेर खोलामा फालिएको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो ।

आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि घटना सार्वजनिक भएको थियो ।

शुरुमा भारतको चण्डीगढ लगायतका शहरमा रहेका अभियुक्त राउत पछिल्लो समयमा भारतको अण्डमान एण्ड निकोबार टापुमा एउटा रेष्टुरेन्टमा कार्यरत रहेको प्रहरीले पत्ता लागाएको थियो ।

पत्रकार सम्मेलनमा डीआइजी गणेश केसीले राउतलाई असार ११ गते भैहरवाबाट पक्राउ गरिएको बताए । अभियुक्त राउतले प्रारम्भिक वयानका क्रममा सन्तुली तामाङको बलात्कारपछि हत्याको अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...