बिर्तामोडमा बम फेला

Bum birtamod

बनियानी । बिर्तामोडको बेग्लाबेग्लै स्थानमा सोमबार बम फेला परेको छ ।

बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।

मतदान केन्द्र रहेको देवी माविको करिब १ सय ५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो । बिहान मर्निङवाकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले सो स्थानको २ सय मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ भने चारआलीस्थित नेपाली सेनाको डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ ।

निर्वाचन विरोधी समूहले त्रास फैलाउन बम राखेको हुन सक्ने अनुमान प्रहरीको छ । बम फेला परेपछि स्थानीय त्रसित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...