मोरङमा २ मृत फेला

Prabas mirtu

मोरङ । मोरङका २ छुट्टाछुट्टै स्थानमा गएराति २ मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको रङ्गेली नगरपालिका–९ बनकोलस्थित रङ्गेली–दोहमना भित्री सडकको किनारामा गएराति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका छन् ।

अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको इप्रका रङ्गेलीका प्रहरी निरीक्षक सञ्जिबबाबु खड्काले बताए ।

यस्तै गएराति नै मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने जङ्गलमा नाम थर वतन खुल्न नसकेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...